• शुक्रबार, साउन १५ २०८३

दलहरु मुकदर्शक भएर बस्न मिल्दैनः बार अध्यक्ष


मंगलबार, पुष ६ २०७८
700
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बर्हिगमनको सम्बन्धमा राजनीतिक दलहरुले आफ्नो निर्णय गर्नुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतमा आयोजना गरेको विरोधको कार्यक्रमपछि आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले न्यायपालिकामा भइरहेको विवादको सम्बन्धमा राजनीतिक दलहरु मुकदर्शक भएर बस्न नमिल्ने बताए ।‘प्रधानमन्त्रीदेखि लिएर प्रतिपक्ष दलका नेता, सबैका संसदीय दलका नेताहरुलाई हामीले’ १७ बुँदा दिइसकेका छौँ ।

उहाँहरुले यो विषयमा आफ्नो निर्णय गर्नुपर्दछ,’ उनले भने, ‘मुकदर्शक भएर बस्नु भनेको न्यायपालिकालाई भ्रष्टाचारमा डुबाइराख्नु हो, उहाँहरुको उद्देश्य त्यही हो भने भन्नुपर्‍यो। होइन भने न्यायपालिकालाई भ्रष्टाचारमुक्त न्यायपालिका बनाउनको लागि उहाँहरुले पहल गर्नुपर्दछ ।’

प्रधानन्यायाधीशले आफू नाङ्गिएको कुरा स्वीकार गरिसकेको भन्दै उनले न्यायपालिकालाई नांगिन नदिन जबराले तत्काल राजीनामा दिनुपर्ने बताए । बार अध्यक्ष श्रेष्ठले भने, ‘न्यायपालिकालाई नाङ्गिन नदिनुस् । तपाईँले राजीनामा गर्नुस् ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार