• शुक्रबार, साउन १५ २०८३

एमालेको अवरोधकै बीच दुई अध्यादेश स्वीकृत


मंगलबार, पुष ६ २०७८
540
Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेको विरोधकै बीच मंगलबार प्रतिनिधिसभा बैठक सञ्चालन गरिएको छ । बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेर्दै अवरोध गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा अवरोध नगर्न पटक पटक आग्रह गरे पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका थिए ।त्यसपछि सभामुख सापकोटाले बैठक अगाडि बढाए ।

मंगलबारको बैठकले यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको छ ।यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेशमाथि सांसद प्रेम सुवालले विरोधको सूचना पेश गरेका थिए । तर उनको प्रस्ताव बहुमतले अस्वीकार भयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार