गोरखा । नेपाली काँग्रेसकाे केन्द्रिय सदस्यमा गोरखाका अब्दुल सत्तार विजयी बनेका छन् । गोरखाकाे सिरानचाेक गाउँपालिका हर्मी घर भएका सत्तार नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । उनले २ हजार २ सय २८ मत ल्याएका छन् ।
गोरखा क्षेत्र नम्बर २ बाट महासमिती सदस्य समेत रहेका उनि नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष समेत हुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा समेत सदस्यमा उम्मेदवार बनेका उनले १४औं महाधिवेशनबाट विजयी हुदै केन्द्रिय राजनीतिकाे यात्रा तय गरेका हुन ।
सत्तार मुस्लिम आरक्षण काेटाबाट उम्मेदवार बनेका हुन । त्यस्तै साेही काेटाबाट रुपन्देहीका अब्दुल रज्जाका समेत विजयी बनेका छन् । यसअघि नेपाली कांग्रेसको रुपन्देही जिल्ला सभापति रहेका रज्जाक समेत केन्द्रिय सदस्यमा विजयी बनेका हुन । रज्जाकले २ हजार ३ सय ९० मत ल्याएका छन् । विजयी दुवै जना शेर बहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका थिए ।