• आइतबार, असोज ४ २०८३

प्रतिनिधि सभा विघटन षडयन्त्रलाई सामना गर्न प्रयोग गरिएको रणनीतिः पोखरेल


मंगलबार, पुष ६ २०७८
660
Shares

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटनलाई राजनीतिक दलहरुमा देखापरेको विरोध, कुण्ठा र षडयन्त्रलाई सामना गर्न प्रयोग गरिएको रणनीति भनेका छन् । उनले त्यसलाई ‘लोकतन्त्रको सुन्दर पक्ष’ समेत भने ।

प्रेस चौतारी दाङको नवौं अधिवेशनको उट्घाटन सत्रलाई सोमबार घोराहीमा सम्बोधन गर्दै उनले भने, ‘जब राजनीतिक दलहरु गलत बाटोमा जान्छन् । जनताले दिएको जनादेशको अवज्ञा गर्छन्, त्यस्तो अवस्थामा फेरि जनताकाबीचमा जाने कुरा लोकतन्त्रको सुन्दर पक्ष हो ।’

तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेर जनताकाबीच जाने आँट गरेको तर अहिलेको सत्ता गठबन्धनका नेताहरुले त्यस्तो आँट गर्न नसकेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार