
गोरखा । निर्माण ब्यवसायी संघ गोरखाको १० औं जिल्ला अधिवेशन आज सुरु हुदैछ । संघकै सभाहलमा हुने अधिवेशन आज १० बजे उद्घाटन हुनेछ । संघका केन्द्रिय अध्यक्ष रबि शिंहको प्रमुख आतिथ्यतामा हुने अधिवेशनले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्ने बताइएको छ ।

अधिवेशन नजिकिदै जादा निर्माणको नेतृत्वका लागि समेत जोड घटाउ चलिरहेको छ । २ सय ५८ जना सदस्य रहेको संघको नेतृत्वका लागि होम बहादुर बाँनिया र सूर्य भण्डारीवीच प्रतिस्प्रधा हुने चर्चा छ । गोरखामा पाका निर्माण ब्यवसायीको छवि बनाएका बाँनियाँ संघको पूर्व महासचिव हुन भने भण्डारी वर्तमान महासचिव हुन । उनिहरु दुवैले प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा जाने तयारी गरिरहेका छन् ।

बाँनियाँ नेपाली काँग्रेस र भण्डारी नेकपा माओवादी केन्द्र निकट निर्माण ब्यवसायीका रुपमा चिनिन्छन् । यता नेकपा एमाले, जनता समाजवादी, राप्रपा लगायतले भने अध्यक्ष पदमा दावी नगर्ने बुझिएको छ ।


आज उद्घाटन हुने अधिवेशनमा भोली मतदानको कार्यक्रम छ । बाँनियाँ र भण्डारीवीच चुनाव भए वाजी कसले मार्ला भन्ने बिषय अहिले चर्चामा छ ।
स्रोतका अनुसार २ सय ५८ सदस्य रहेको निर्माण ब्यवसायी संघ गोरखामा १ सय १० जना नेपाली काँग्रेस निकटका र ९८ जना माओवादी निकट ब्यवसायी छन् । त्यस्तै एमाले निकट २०, जसपा निकट २० र राप्रपा निकट १० जना ब्यवसायी संघमा सदस्य रहेको संघ निकट एक सदस्यले बताए ।
यस्तो अवस्थामा काँग्रेस निकटका बाँनियाँलाई जसपा वा एमाले मध्ये एकको मात्रै समर्थन भए चुनाव जित्ने आँकलन गरिएको छ । यता माओवादी निकटका भण्डारीलाई भने चुनाव जित्न एमाले, जसपा र राप्रपा सबैको समर्थन आवस्यक पर्छ ।


तर पार्टी निकट मानिएपनि पार्टीको निर्देशन विपरित केहि सदस्यहरुको भोट खस्न सक्ने उत्तिकै जोखिम रहेको समेत चर्चा बजारमा छताछुल्ल छ । ठेक्काको बिषयलाई लिएर एउटै दलभित्रका ब्यवसायीहरु विच संघमा विवाद हुदै आएको छ । यसअघिकाे ठेक्का विवादकाे असर अधिवेशनमा देखिन पनि सक्ने कतिपयकाे अनुमान छ ।
यस्तो अवस्थामा काँग्रेस निकटका बाँनियालाई पनि सबै काँग्रेसी ब्यवसयीले मत नदिन सक्छन् भने माओवादी निकटका भण्डारीसंग माओवादीको एक खेमा विगतदेखिनै असन्तुष्ट छ । भण्डारीलाई माओवादीको एक खेमाले निषेध गरेरै अघि बढ्ने आन्तरिक तयारी गरेको स्रोत बताउछ । यता नेपाली काँग्रेसले भने आफु निकट ब्यवसायीलाई बाेलाएरै बाँनियाकाे पक्षमा मतदान गर्न उर्दि जारी गरेकाे बताइएकाे छ ।

निर्माण ब्यवसायी संघको अधिवेशन अहिले संघमा मात्रै सिमित छैन । यो जोडघटाउ पार्टीको बिभिन्न ‘प्लेटफम’ मा समेत चर्चाको बिषय बन्ने गरेको छ । बिशेष गरेर काँग्रेस र माओबादीले एमाले, जसपा र राप्रपाकाे समर्थनका लागि पहल गरिरहेकाे बुझिएकाे छ ।