• आइतबार, असोज ४ २०८३

एमसीसी विवादबारे दलहरूलाई कमल थापाको सुझावः राजा महेन्द्रबाट पाठ सिकौं


सोमबार, पुष ५ २०७८
635
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले हाल दलहरूबीच जारी एमसीसी विवादले नेपाल विदेशी शक्तिको रणनीतिक रणभूमिमा परिणत हुँदै गरेको पछिल्लो उदाहरण भएको टिप्पणी गरेका छन्।

एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनका दलबीच नै मतभेद भइरहेका बेला राप्रपाका पूर्वअध्यक्ष थापाले सोमबार बिहान सामाजिक सञ्जालमार्फत राजा महेन्द्रबाट कूटनीति सिक्न सुझाव दिएका हुन्।

‘नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत हुँदै छ। एमसीसी विवाद त्यसको पछिल्लो उदाहरण हो’, थापाले लेखेका छन्, शीतयुद्ध चरमोत्कर्षमा रहेको बेला दुवै महाशक्ति राष्ट्रहरू अमेरिका र सोभियत संघबाट सहयोग लिएर देश विकास गर्ने राजा महेन्द्रको कूटनीतिक कौशल, दूरदर्शिता र साहसबाट पाठ सिकौं।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार