• आइतबार, असोज ४ २०८३

पत्रकार अजयबाबु शिवाकोटीकाे परिचय फेरियाे, अब कांग्रेसको केन्द्रीय सदस्य


सोमबार, पुष ५ २०७८
660
Shares

पत्रकार अजयबाबु शिवाकोटीकाे परिचय फेरिएकाे छ । उनि अब नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका छन्। भर्खरै काठमाडौंमा सम्पन्न कांग्रेसको १४औं महाधिवशेनअन्तर्गत भएको निर्वाचनबाट उनी पार्टीको केन्द्रीय सदस्यमा विजयी भएका हुन्। 

खुला केन्द्रीय सदस्यतर्फका ९९ उम्मेदवारमध्ये १८११ मत ल्याएर उनी २९औं नम्बरमा नाम निकाल्न सफल भएका हुन्। खुला केन्द्रीय सदस्यतर्फ ३५ सिट छ। 

यसअघि कांग्रेसको पत्रकार संगठन प्रेस युनियनको महासचिव उनी पत्रकारिताबाट सक्रिय राजनीतिमा हामफालेका हुन्। दोलखाबाट महाधिवेशन प्रतिनिधि बनेर कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार घोषणा गर्दाखेरि नै उनले सक्रिय पत्रकारिताबाट बिदा लिएको बताएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार