• शुक्रबार, साउन १५ २०८३

कांग्रेस खुला केन्द्रीय सदस्यकाे मतगणना सकियाे, गोरखाका पाण्डे विजयी (अरु काे-काे)


आइतबार, पुष ४ २०७८
1.2K
Shares

गोरखा । नेपाली कांग्रेसको खुल्ला तर्फ केन्द्रीय सदस्यको मत गणना सम्पन्न भएको छ।

३५ जना केन्द्रीय सदस्य निर्वाचित हुने खुल्ला सदस्यको शनिबारबाटै मतगणना सुरु भएको थियाे।

जसमा गोरखाका सुरेन्द्र राज पाण्डे विजयी बनेका छन् । यसअघि दुई पटक समेत केन्द्रिय सदस्य बनिसकेका पाण्डे पुन सदस्यमै निर्वाचित बनेका हुन । गोरखाकाे खाेप्लाङ्ग घर भएका पाण्डे केहि समयअघिसम्म राष्ट्रिय सभाका प्रमुख प्रतिपक्ष दलका नेता समेत थिए ।

उनि पार्टी सभापति शेर बहादुर देउवा प्यानलबाट सदस्यका उम्मेदार बनेका थिए ।

त्यस्तै केन्द्रिय सदस्यमै उम्मेदवारी दिएका पालुङ्गटार नगरपालिकाका मेयर ई दीपकबाबु कडेंल र ब्यवासयी राजेन्द्र बजगाँई भने पराजित भएका छन् । कडेंल र बजगाँई दुवै शेखर काेइराला प्यानलबाट उम्मेदवार बनेका थिए ।

यसैगरी खुल्ला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा. शशांक कोइरालाले मत पाएका छन्। यस्तै एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की, शंकर भण्डारी लगायतले बढी मत पाएका छन्। त्यस्तै नेपाल प्रेस युनियन महासचिव समेत रहेका अजयबाबु सिवाकाेटी समेत सदस्यममा विजयी बनेका छन् ।

निर्वाचन समितिले केहीबेरमा मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार