• शुक्रबार, साउन १५ २०८३

बालुवाटारमा सत्तारुढ गठबन्धन बैठक सुरु


आइतबार, पुष ४ २०७८
1.1K
Shares

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ।अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्ने भएपछि त्यसको तयारीका लागि सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको हो।

यो बैठकले प्रधानमन्त्रीद्वारा बोलाइएको सर्वदलीय बैठकमा प्रस्तुत हुने रणनीतिबारे तयारी गर्ने बताइएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका प्रतिनिधि पनि सहभागी छन्। बैठकले गत भदौ २३ गतेदेखि संसदमा एमालेले गरेको अवरोध खुलाउने विषयमा छलफल गर्ने भएको छ।

त्यसैगरी अमेरिकी परियोजना एमसीसीबारे पनि बैठकमा साझा धारणा बनाउने तयारी छ। सत्ता साझेदार माओवादीले आफ्नो राष्ट्रिय सम्मेलनअगाडि एमसीसी संसदमा अघि बढाउन नहुने अडान लिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार