• शुक्रबार, साउन १५ २०८३

आज सर्वदलीय बैठक बस्दै


आइतबार, पुष ४ २०७८
655
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरूलाई सर्वदलीय बैठकमा बोलाएका छन् । आइतबार दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी। जनमोर्चा नेपाल, राप्रपालगायत दललाई बोलाइएको छ ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि आजको बैठक बोलाइएको हो । ‘नेकपा एमालेको विरोधका कारण अघि बढ्न सकेको छैन । त्यही भएर गतिरोध अन्त्य गरेर संसद्लाई सुचारु गर्न प्रधानमन्त्रीज्यूले पहल सुरु गर्नुभएको हो । सबै दललाई पत्र पठाइसकिएको छ,’ उनले भने ।

गत मंसिर २८ गते बैठक बोलाएपछि एमालेले निरन्तर रुपमा संसद् अवरुद्ध पार्दै आइरहेको छ ।शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो । बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार