गोरखा । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आज केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो ।
खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । खुलातर्फ ३५ जना केन्द्रीय सदस्यमा चुनिनेछन्।
नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनमा गोरखाबाट बिभिन्न पदमा १२ जनाले उम्मेदवारी दिएका थिए । जसमा खुला केन्द्रिय सदस्यमा यसअघि समेत केन्द्रिय सदस्य रहेका सुरेन्द्रराज पाण्डे, पालुङ्गटार नगरपालिकाका मेयर ई दिपकबाबु कडेंल र ब्यवसायी राजेन्द्र बजगाँईले उम्मेदवारी दिएका छन् ।
पाण्डे पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका हुन भने कडेंल र बजगाँई शेखर काेइराला प्यानलबाट खुल्ला ३५ तर्फकाे केन्द्रिय सदस्यमा उम्मेदवार बनेका हुन ।
त्यस्तै काेइराला समुहबाट सहमहामन्त्री पदमा उम्मेदवार बनेकी कमला पन्तले भने पराजित भएकी छिन ।
गोरखाबाट केन्द्रिय सदस्यमा उम्मेदवार बनेकाहरुमा आदीवासी जनजाती क्लस्टरबाट चिनकाजी श्रेष्ठ, मुस्लिम क्लस्टरबाट अब्दुल सत्तार र सलावद्धिन मियाँ, अप्पसंख्यकबाट हरि बहादुर घले, जनजाती महिलाबाट मनकुमारी गुरुङ्ग, खस आर्यबाट माेहन पाेखरेल उम्मेदवार बनेका छन् । उनिहरु सबैकाे मतगणना बाँकी नै छ ।
यता केन्द्रिय सभापतिमा उम्मेदवारी दिएका युवराज न्याैपाने र सदस्यमा उम्मेदवार बनेका प्रेम खत्रीले भने अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए ।