मुस्लिम क्लस्टरबाट नेपाली कांग्रेसको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी भएका छन्।
शेरबहादुर देउवा प्यानलबाट उठेका उनी २ हजार ७ सय ६६ मतसहित सहमहामन्त्रीमा विजयी भएका हुन्। डा. शेखर कोइराला प्यानलबाट उठेका उनका प्रतिस्पर्धी शेख वकिलले १ हजार ८७५ मत ल्याएका छन्।
यससँगै आठवटा सहमहामन्त्रीतर्फ देउवा समूहले तीनवटा पदमा जित निकालेको छ। त्यस्तै कोइराला समूहले एकवटामा जित दर्ता गराएको छ।
यसअघि महिलातर्फ एकजना सहमहामन्त्रीमा देउवा पक्षकी महालक्ष्मी ‘डिना’ उपाध्याय निर्वाचित भइसकेकी छन्।
त्यसैगरी सहमहामन्त्रीको आदिवासी जनजातितर्फ पनि देउवा समूहका भीष्मराज आङदेम्बे विजयी भएका छन्।
सहमहामन्त्रीको दलिततर्फ डा. शेखर कोइराला प्यानलका जीवन परियार बिहीबार विजयी भइसकेका छन्।