• आइतबार, असोज ४ २०८३

एमालेमा भीम रावलको भूमिका सल्लाहकारमा सीमित


शुक्रबार, पुष २ २०७८
600
Shares

नेकपा एमालेमा नेता भीम रावलको भूमि सल्लाहकारमा सीमित भएको छ । चितवनमा भएको दसौँ महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेर पराजित रावल अहिले एमालेको कुनै कमिटीमा छैनन्।

उनले अध्यक्षमा पराजित भएपछि केन्द्रीय कमिटीमा बस्न पनि अस्वीकार गरेका थिए। त्यहीकारण भक्तपुरमा बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले रावललाई कुनै जिम्मेवारी दिएन।

उक्त बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरलले पार्टीमा रावलको भूमिकाबारे चर्चा गरेका हुन्। ‘भीम रावल केन्द्रीय कमिटीमा नरहेकाले उहाँलाई जिम्मेवारी नदिएको हो’, उनले भने, ‘तर पार्टीको नीतिगत निर्णयले उहाँलाई सल्लाहकारको जिम्मेवारी दिन्छ। थप जिम्मेवारीका लागि पार्टी अध्यक्षसँगको परामर्शमा निर्णय हुनेछ।’

पोखरेलले रावल अहिले केन्द्रीय सल्लाहकार परिषद्को सदस्यका रुपमा रहेको पनि बताए। ‘उहाँले अब अर्को जिम्मेवारी निर्धारण नभएसम्म केन्द्रीय सल्लाहकार परिषद्का सदस्यका रुपमा पार्टीलाई सुझाव दिनुहुन्छ’, उनले भने।

एमालेको केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अनुशाशन आयोगका पूर्व अध्यक्ष अमृतकुमार बोहोरा रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार