• शुक्रबार, साउन १५ २०८३

सहमहामन्त्रीमा बाँकी पाँचमध्ये चारवटामा देउवा प्यानलका उम्मेदवारको अग्रता


शुक्रबार, पुष २ २०७८
645
Shares

नेपाली कांग्रेसको सहमहामन्त्री पदको मतगणना अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ। 

सह-महामन्त्रीअन्तर्गत तीनवटा समूहको नतिजा आइसकेको अवस्थामा अन्य ५ वटाको गणना जारी रहेको छ। 

शुक्रबार जारी मतगणना अनुसार थारुतर्फको सहमहामन्त्री पदमा सभापति शेरबहादुर देउवा प्यानलबाट उठेका कृष्ण सिटौलानिकट उमाकान्त चौधरीले अग्रता बनाइरहेका छन्। 

१७७७ मत गन्दा उनले ९८३ मतसहित अग्रता बनाइरहेका छन्। उनलाई पछ्याइरहेका तेजुलाल चौधरी ७६९ मत ल्याएका छन्। 

अर्कातिर खस आर्यतर्फको समूहमा १९९५ मत गणना गर्दा नेता किशोर सिंह राठौरले अग्रता बनाएका छन्। 

देउवा प्यानलका उनले ११०३ मत ल्याउँदा शेखर कोइराला प्यानलका देवराज चालिसेले ८४९ मतसहित पछ्याइरहेका छन्। 

त्यसैगरी मधेसी समूह र मुस्लिम समूहमा पनि देउवा प्यानलका उम्मेदवारले अग्रता बनाइरहेका छन्। 

सानेपामा जारी मतगणना भइरहेका ५ सहमहामन्त्रीमध्ये ४ वटामा देउवा प्यानलका उम्मेदवार अगाडि रहेका छन्। 

तर पिछडिएको क्षेत्र समूहमा डा. शेखर कोइराला प्यानलका बद्री पाण्डे अगाडि देखिएका छन्।

कांग्रेसमा खस आर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे, मधेसीतर्फ महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र शेख वकिल, थारूतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी तथा पिछडिएको क्षेत्रतर्फ चेतराज बजाल, जीवनबहादुर शाही र बद्री पाण्डे प्रतिस्पर्धामा छन्।

कुन समूहका कसलाई कति मत?

मुस्लिमतर्फ जम्मा गणना १२९५ ​: १) फरमुल्लाह मन्सुर : ७२९ २) शेख वकिल : ५२९

मधेसीतर्फ जम्मा गणना १६५० : १) महेन्द्र यादव : ८३५ २) रञ्जित कर्ण : २१८ ३) रामकृष्ण यादव : ५९१

पिछडिएको क्षेत्रतर्फ जम्मा गणना १३६३ ​: १) जीवनबहादुर शाही : ६३९ २) बद्री पाण्डे : ६८९ ३) चेतराज बजाल : ३५

थारूतर्फ जम्मा गणना  १७७७ : १) उमाकान्त चौधरी : ९८३ ३) तेजुलाल चौधरी : ७६९

खस/आर्यतर्फ जम्मा गणना २००० : १) किशोरसिंह राठौर : ११०३ २) देवराज चालिसे : ८४९

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार