
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिक स्वार्थको कारण देशमा संकटमा फसेको बताएका छन्।
बिहीबारदेखि सुरु भएको पार्टीको ३२औँ केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै बिजुक्छेले राजनीतिक स्वार्थ र अन्तर्राष्ट्रिय परिस्थितिका कारण देश सङ्कटमा पर्दै गएको बताएका हुन्।
उनले सेवाभावका साथ जनताको बीचमा जान पार्टीका नेता कार्यकर्तालाई निर्देशनसमेत दिएका छन्। ‘अझ बढी सेवाभावका साथ सक्रियरूपा जनतामा जानुपर्ने जरुरी छ,’ बिजुक्छेले भने।
बैठकमा एमसिसी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण भएको बैठकमा सहभागी नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले जानकारी दिए।
बैठकमा कोभिडले निम्त्याएका समस्याका साथै पार्टीको नौ महिनाका गतिविधिको पनि समिक्षा भएको छ। पार्टीको केन्द्रीय परिषद् बैठक आज र भोली सञ्चालन हुने नेमकिपाले जनाएको छ।