• आइतबार, असोज ४ २०८३

केपी ओलीलाई प्रधानमन्त्रीको कुर्सी भुल्न निकै कठिन भइरहेको छः पञ्चा सिंह


शुक्रबार, पुष २ २०७८
625
Shares

अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले सत्ता छाड्नुपर्दाको पीडाले प्रचण्डविरूद्ध केपी ओलीले आक्रोश पोखिरहेको आरोप लगाएकी छन्।

अखिल (क्रान्तिकारी) कैलालीद्वारा बिहिबार वीरेन्द्र बहुमुखी क्याम्पस टिकापुरमा आयोजित संगठन सुध्रढिकरण अभियानको उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने क्रममा नेतृ सिंहले साँढे तीन वर्षको बालुवाटार बसाई भुल्न गाह्रो भएको बताइन्।

‘केपी ओलीले दुई-दुई पटक संसदको हत्या प्रयास गर्दा पनि सत्ताको आयु लम्ब्याउन नसकी कुर्सी छाड्नु पर्दाको पीडा भुल्न नसकेर प्रचण्डमाथि बिष बमन गरिरहेका छन्। उनलाई साँढे तीन वर्षको बालुवाटार बसाइ भुल्न निकै कठिन भइरहेको छ,’ उनले भनिन्, ‘निरंकुशता विरूद्धको निर्णायक लडाईंमा केपी ओलिको भूमिका के थियो ? नेपाली राजनितीमा वयलगाडा के हो नेपाली जनतालाई राम्रोसँग थाहा छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार