काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापाको जित निश्चित भएको छ ।
निर्वाचन समितिका अनुसार ४ हजार ९० मतगणनामा गगनले २६ सय ४४ मत पाइसकेका छन्।
तेस्रोमा रहेका प्रकाश शरण महतले १३ सय ५७ मत पाएका छन्। दोस्रोमा रहेका विश्व प्रकाश शर्माले १६ सय ८५ मत ल्याएका छन्।
अब ५ सय ८९ मत मात्र गन्न बाँकी छ। यस आधारमा तेस्रो स्थानमा रहेका महतले पाएको मतभन्दा कम गन्न बाँकी मत रहेकाले गगनको जित सुनिश्चित देखिएको हो। यसैबीच, शर्मा पनि जितनजिक पुगेका छन्।