• शुक्रबार, साउन १५ २०८३

कांग्रेस महामन्त्रीमा गगन थापा निर्वाचित हुने पक्का


बिहिबार, पुष १ २०७८
730
Shares

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित भएका छन् ।

पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ४०९० मत गन्दा उनले २६४४ मत पाएका छन् । ४६७९ मत खसेकामा अब करिब ६ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् ।

दोस्रो स्थानमा रहेका विश्वप्रका शर्माले १६८५ मत पाएका छन् । त्यस्तै प्रकाशशरण महतले १३५७, प्रदीप पौडेलले १२१७, डा. मिनेन्द्र रिजालले ७०६ र राजाराम कार्कीले ९२ मत पाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार