• आइतबार, असोज ४ २०८३

देउवालाई समर्थन गरेका सिंह र निधिको रुने दिन आउँछः पाण्डे


बिहिबार, पुष १ २०७८
550
Shares

नागरिक अगुवा देवेन्द्रराज पाण्डेले नेपाली कांग्रेसका नेताहरु विमलेन्द्र निधि र प्रकाशमान सिंहले रुने दिन आउने बताएका छन्।

कांग्रेसको सभापति पदका लागि दोस्रोपटक चुनाव गर्नुपर्ने भएपछि पहिलो चुनावमा प्रत्याशी रहेका सिंह र निधि दुवैले प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेका छन्।

पहिलो चरणको चुनावमा देउवाले प्रथम स्थान हासिल गरे पनि ८१ मत अपुग हुँदा ५१ प्रतिशत पुगेन। कांग्रेसको विधानअनुसार कूल मतको ५० प्रतिशत कटेन भने पुनः चुनाव गर्नुपर्ने भएकाले अहिले दोस्रो चरणको मतदान जारी छ।

यहीबीच नागरिक अगुवा पाण्डेले देउवालाई सहयोग गरेका नेताद्वय सिंह र निधिविरुद्ध कटाक्ष गरेका हुन्। उनले यी दुई नेताले केही महिनापछि देउवाले दिन्छु भनेको पद दिएनन् भनेर रुनुपर्ने दिन आउने दाबी गरेका छन्।

‘केही महिनापछि प्रकाशमानले ‘देउवाजीले मलाई यो पद दिन्छु भनेर दिनुभएको वाचा तोड्नुभयो’ भनेर गर्ने रोदन पनि हाम्ले सुन्नु र हेर्नुपर्ने होला। त्यस्तै विमलेन्द्र निधिको हकमा पनि’, पाण्डेले मंगलबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार