• शुक्रबार, साउन १५ २०८३

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी


बिहिबार, पुष १ २०७८
640
Shares

काठमाडौँ । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।

बुधबार राति सम्पन्न मतगणनामा खड्काले २१२१ मत पाएर विजयी भए भने गुरुङ १९०८ मतका साथ निर्वाचित भएका हुन् । खड्का शेरबहादुर देउवा पक्षका उम्मेदवार हुन भने गुरुङ शेखर कोइराला पक्षका उम्मेदवार हुन् ।

विजयकुमार गच्छदार भने उपसभापति हुन २ मतले रोकिए । उनले १९०६ मत पाए ।

चौथो स्थानमा रहेका डा. चन्द्र भण्डारीले १५८० मत पाए । सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन्।

दुईजना सभापतिका लागि ७ जना उम्मेदवार चुनावी मैदानमा थिए । गत सोमबार भएको मतदानमा उपसभापति पदका लागि ४ हजार ६ सय ८९ मत खसेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार