• शुक्रबार, साउन १५ २०८३

कांग्रेस महाधिवेशन: उपसभापति पदको मतगणना हुँदै


बुधबार, मंसिर २९ २०७८
690
Shares

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । सभापतिको मतगण्ना सम्पन्न भइसकेको छ।

निर्वाचन समितिले बुधबार उपसभापति पदको मतगण्ना सुरु गरेकाे छ । पार्टी कार्यालय सानेपामा उपसभापति पदको मतगणना भइरहेकाे निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिए।

२ जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन्। विजयकुमार गच्छदार, पूर्णवहादुर खड्का, धनराज गुरुङ, डा चन्द्र भण्डारी, महेश आचार्य र दिव्यश्वरी शाह र सुजाता कोइराला उम्मेद्वार छन् ।

सभापतिमा विजयी शेरबहादुर देउवाको प्यानलबाट गच्छदार र खड्का तथा सभापतिमा पराजित डा. शेखर कोइरालाको प्यानलबाट भण्डारी र गुरुङ उम्मेदवार छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार