• शुक्रबार, साउन १५ २०८३

उम्मेदवार नेताहरुलाई राउतको निर्देशनः आआफ्नो चुनावको खर्च आफै व्यवस्था गर्ने


बुधबार, मंसिर २९ २०७८
1.7K
Shares

सीके राउत नेतृत्वको जनमत पार्टीले चुनावमा उम्मेदवार हुन चाहने नेताहरुलाई कसैलाई कुनै खर्च नदिने भन्दै आआफ्नो चुनावका लागि आफै व्यवस्था गर्न निर्देशन दिएको छ । पार्टीको भातृसंगठन प्रेस जनमत संघका अध्यक्ष बीपी यादवका अनुसार चुनावको विषयमा छलफल गर्न बसेको बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउतले त्यस्तो निर्देशन दिएका हुन् ।

वडाध्यक्षको उम्मेदवारका लागि सवा लाख, पालिका अध्यक्ष तथा मेयरका लागि प्रति वडा सवा लाख, प्रदेश सभा सदस्यका लागि २५ लाख र प्रतिनिधिसभा सदस्यका ५० लाख रुपैयाँ व्यवस्था गर्न पार्टीले निर्णय गरेको यादवले बताए ।

अध्यक्ष राउतले बैठकमा भने, ‘चुनावमा जो जो उम्मेदवार बन्छ, त्यसलाई पार्टीले एक रुपैयाँ दिने छैन । चुनावको खर्च आफैले व्यवस्था गर्नुपर्छ । चुनावका लागि मतदाता किन्न होइन, सामान्य खर्चका लागि रकमको व्यवस्था गर्नुस् ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार