नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत आज उपसभापतिकाे मात्रै मतगणना हुने भएकाे छ । हिजाे राती सभापतिमा शेरबहादुर देउवा चयन गरेकाे कांग्रेसले आज बुधबार अपरान्हदेखि बाँकी पदकाे मतगणना सुरु गर्ने भएकाे हाे । आज उपसभापति पदकाे मात्रै मत गणना हुने केन्द्रिय निर्वाचन समितीले जनाएकाे छ ।
उपसभापति पदकाे मत गणना सकिएपछि मात्रै महामन्त्री र सहमहामन्त्री लगायतका पदकाे गणना सुरु हुने बताइएकाे छ । अबकाे मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ । मतपेटिकाहरू यसअघि नै सानेपा लगिएको छ ।