• शुक्रबार, साउन १५ २०८३

विपक्षी दल लोसपा सांसदले मागे मुख्यमन्त्री लालबाबु राउतको राजीनामा


बुधबार, मंसिर २९ २०७८
670
Shares

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् ।

लोसपाका सांसद जितेन्द्र सोनलले बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत भएको साइकल वितरणमा प्रश्न उठेको भन्दै राजीनामा दिन मुख्यमन्त्री राउतलाई आग्रह गरेका हुन् ।

‘अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामारी गरेर कागजात लिएपछि मुख्यमन्त्रीजीले प्रदेशसभाकै बैठकमा अलिकति दोषी देखिए मार्ग प्रशस्त गर्छु भन्नुभएको थियो’ सोनलले प्रश्न गरे, ‘अख्तियार प्रमुखले त साइकल खरीदको कागजात हेर्दा पहिलो चरणमा भ्रष्टाचार भएको भनिसकेको छ । यसबारे के भन्नुहुन्छ मुख्यमन्त्रीज्यू ?’

मुख्यमन्त्रीले अलिकति पनि दोषी देखिए मार्गप्रशस्त गर्छु भनेको भन्दै सोनलले अख्तियारको प्रारम्भिक छानबिनमा भ्रष्टाचार देखिएपछि राजीनामा दिनुपर्ने धारणा राखेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार