• आइतबार, असोज ४ २०८३

प्रचण्डलाई केपी ओलीले लगाएः अस्थिरताको संवाहक भएको आरोप


बुधबार, मंसिर २९ २०७८
755
Shares

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अस्थिरताको संवाहक भएको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोहलाई बुधबार सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् । उनले अस्थिरताको संवाहक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल पनि भएको ठोकुवा गरे ।

‘अहिले नियन्त्रित अस्थिरता मच्चाउन तत्वहरु सक्रिय छन् । ती शक्तिमा सबैभन्दा चर्कोगरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी । सबैभन्दा बढी अस्थिरताका संवाहक तत्वहरु यिनीहरु नै हुन्,’, उनले भने, ‘कुनै भ्रम राख्नु पर्दैन र यस्ता अस्थिरताका शक्तिहरुसँग एकता गरेर कहीँ पुगिन्छ रु तिनका कनेक्सन कहाँ छ, त्यो हामीले देखेका छौँ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार