• शुक्रबार, साउन १५ २०८३

देउवालाई बधाई दिँदै थापाले भने- पार्टी रूपान्तरणका मुद्दामा सहकार्य हुनेछ


बुधबार, मंसिर २९ २०७८
555
Shares

नेपाली कांग्रसका युवा नेता गगन थापाले सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिँदै पार्टीलाई थिति र विधिमा चलाउन आग्रह गरेका छन्।

नेता थापाले समुन्नत नेपालको अभियान र पार्टी रूपान्तरणको मुद्दामा आफूहरू सधै देउवासँग सहकार्य गर्ने स्पष्टसमेत पारेका छन्।

‘आदरणीय शेर बहादुर देउवा ज्यू,पुनः सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई१ आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु’, उनले भने, समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुनेनै छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार