
गोरखा । गोरखामा अनेरास्ववियुले चार ठाउँमा जेब्राक्रस निर्माण गरेको छ । गोरखा-आँबुखैरेनी सडक खण्डको अन्तर्गत बिभिन्न ४ स्थानमा अनेरास्ववियु गोरखाले जेब्राक्रस निर्माण गरेकाे हाे ।
जसमा गोरखा नगरपालिका महालक्ष्मी माध्यामिक विद्यालय जाने बाटो, द्रब्यशाह बहुमुखी क्याम्पस जाने बाटो लगायत बिभिन्न ठाउँमा जेब्राक्रस निर्माण गरिएको अनेरास्ववियूका सचिवालय सदस्य प्रबिन श्रेष्ठले बताए ।
सडक दुर्घटना न्यूनीकरण गर्न, विद्यार्थी तथा आम सर्वसाधारणलाई सचेतना फैलाउने उद्देश्हयले जेब्राक्रस निर्माण गरिएको अनेरास्ववियूले जनाएको छ ।

क्याम्पस अध्ययनरत विद्यार्थी, क्याम्पस कमिटीको विशेष सक्रियतामा उक्त अभियान संचालन भएको हो ।
कार्यक्रममा अनेरास्वविय सचिवालयका सदस्य प्रविन श्रेष्ठ, युवा संघ नगरकमिटीका संयाजक लक्ष्मण श्रेष्ठ, अनेरास्वविय जिल्ला सदस्यहरु, रविन कोइराला, मिलन बराम, विशाल फेवाली, रन्जित कोइराला लागतयको सहभागिता रहेको थियो ।