• शुक्रबार, साउन १५ २०८३

शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिमा विजयी


बुधबार, मंसिर २९ २०७८
675
Shares

PM Deuba addressing a programme in Kathmandu, on Tuesday, October 17, 2017. Photo: RSS

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्। 

काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार बिहान साढे २ बजे सकिएको मतगणनाअनुसार देउवाले प्रतिस्पर्धी शेखर कोइरालालाई ८७८ मतको अन्तरले पराजित गरी सभापतिमा विजयी भएका हुन्। 

कूल खसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत प्राप्त  गरे भने कोइरालाले १८५५ मत ल्याए। ३५ मत बदर भएको छ। 

कांग्रेस सभापतिका लागि दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो। 

देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् । सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत मत प्राप्त गर्न नसकेपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र डा. कोइरालाबीच प्रतिस्पर्धा भएको हो।

प्रधानमन्त्रीसमेत रहेका देउवालाई दोस्रो चरणमा विमलेन्द्र निधि, प्रकाशमान सिंहलागयत नेताहरुको समर्थन थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार