पोखरा । नेपाल जेसीजकाे नेतृत्वका लागि ६ जनाकाे उम्मेदवारी परेकाे छ । जेसिज वर्ष २०२२ लागि अध्यक्ष पदमा मात्रै ६ जनाकाे उम्मेदवारी परेकाे हाे ।
आगामी पुष १ गते अर्थात बिहिबारदेखि पाेखरामा सुरु हुने ४८ औं महाधिवेशनबाट नेपाल जेसिजले नयाँ नेतृत्व पाउदैछ । जसमा अध्यक्षमा ६ जनाबिच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।
अध्यक्ष पदमा उम्मेदवारी दिनेहरुमा काभ्रे जेसीजका पूर्व अध्यक्ष समेत रहेका वर्तमान नेपाल जेसीजका महासचिव जेसीआई सिनेटर विकास मानन्धर, भूवननगर जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका निवर्तमान कार्यकारीणी उपाध्यक्ष लालमणी भण्डारी, विराटनगर जेसीजका पूर्व अध्यक्ष तथा २०१९ का कार्यकारीणी उपाध्यक्ष श्यामसुन्दर पौडेल (मिलन) रहेका छन् ।
त्यस्तै अध्यक्ष पदमै उम्मेदवार बन्नेहरुमा गैडाकोट जेसीजका पूर्व अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका कानुनी सल्लाहकार गोकुल सापकोटा, सौराह जेसीजका पूर्व अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष शिवप्रसाद भुषाल र गछिया जेसीजका पूर्व अध्यक्ष तथा २०१९ का कार्यकारीणी उपाध्यक्ष अमिस ढकाल रहेकाे बताइएकाे छ ।
जेसीजको विधान अनुसार डेढ महिना अघि उम्मेदवारी दर्ता गर्नु पर्ने हुन्छ भने उम्मेदवारी प्रशिक्षणमा अनिवार्य सहभागि हुनु पर्ने हुन्छ । जसअनुसार सोमवारबाट भएको उम्मेदवारी प्रशिक्षणमा उम्मेदवारी दर्ता गराएका ६ जना नै सहभागी भएकाे नेपाल जेसिजले जनाएकाे छ ।
पुष १ गते देखि ४ गतेसम्म पाेखराकाे नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा महाधिवेशन हुनेछ। महाधिवेशनममा भाग लिन देशभरबाट ११ सय जना भन्दा बढी प्रतिनिधि गण्डकी प्रदेशकाे राजधानी पाेखरामा भेला हुदैछन् ।
यसैगरी ४ जना कार्यकारीणी उपाध्यक्षमा पनि ९ जनाबिच प्रतिस्पर्धा हुने पक्का भएको छ । यी मध्ये ४ जना निर्वाचित हुने हुनेछन् ।
कार्यकारिणी उपाध्यक्षका लागि कर्णाली जेसीजका संस्थापक अध्यक्ष अनिलबहादुर शाही, गीतानगर जेसीजका पूर्व अध्यक्ष अशोक कोइराला, तरहरा जेसीजका निवर्तमान अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सुनिल तिम्सिना, धरान जेसीजका निवर्तमान अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष दिपेन्द्र निरौला, पाटन लेडी जेसीजकी पूर्व अध्यक्ष सुर्मिता शर्मा, मलङ्वा जेसीजका पूर्व अध्यक्ष अनवर हुसेन, काठमाडौ जेसीजकी पूर्व अध्यक्ष इनु थापा, बालकोट जेसीजकी पूर्व अध्यक्ष रमा प्याकुरेल र भलबारी जेसीजका पूर्व अध्यक्ष गोविन्द पंगेनीबिच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी १२ जना उपाध्यक्षका लागि १९ जनाबिच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी दिनेहरुमा कृष्ण श्रेष्ठ शुक्लागण्डगी जेसीज, नरेश ओझा महेन्द्रनगर जेसीज,, कुमारसिंह सावाँ सताक्षीधाम जेसीज, राम पाण्डे कोहोलपुर जेसीज, नेत्र भट्टराई तुलसीपुरनगर जेसीज, जीवन श्रेष्ठ ठिमी जेसीज, जीवन कार्की रामेछाप जेसीज, योगीराज अधिकारी चम्पापुर, मुकेश सिंह विरगञ्ज जेसीज, अभिशेक दुलाल सीतापाइला जेसीज, हेमराज आचार्य रत्ननगर जेसीज, सन्दिप अग्रहरी रामग्राम जेसीज, प्रदिप फुयाँल पथरी जेसीज, रश्मि बस्नेत हेटौडा लेडी जेसीज, मनोजकुमार शाह जनकपुर जेसीज, विपिन चौधरी कलैया सिटी जेसीज, प्रमोद पोखरेल गोदावरी जेसीज, राजीव प्रसाई धुलावारी जेसीज र सुजित भण्डारी नगरकोट जेसीज रहेका छन् ।