• शुक्रबार, साउन १५ २०८३

मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्ने


मंगलबार, मंसिर २८ २०७८
1.5K
Shares

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

पाण्डेले नेकपा माओवादी केन्द्रका तीन र नेकपा एकीकृत समाजवादीका दुई जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । ‘आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । पाँच जना मन्त्री थपिनेछन्’, मुख्यमन्त्री पाण्डे निकट स्रोतले रातोपाटीसँग भन्यो, ‘मन्त्रालयको टुङ्गो लगाउन छलफल भइरहेको छ ।’

स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारमा नेकपा माओवादी केन्द्रका विशाल खड्का, घनश्याम दाहाल र रत्न ढकालले मन्त्रीको जिम्मेवारी पाउने भएका हुन् । त्यसै गरी नेकपा एकीकृत समाजवादीका तर्फबाट वसन्त मानन्धर र वसुन्धरा हुमागाईँ मन्त्री बन्ने निश्चित भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार