sf7df8f}F, @# ebf}M
k|ltlglw;ef a}7s cj?4
Joj:yflksf ;+;b k|f/De x'g ;fy k|d'v k|ltkIf bn g]skf -Pdfn]_sf ;f+;bx? ;+;bsf] a}7s cj?4 ub}{ . tl:a/ /Tg >]i7÷/f;;

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ । सभामुख अग्नि सापकोटाको कार्यशैलीप्रति असन्तुष्ट रहेको एमालेले मंगलबारबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा नाराबाजीसहित बैठक गरेका हुन् ।
संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए । संसद अधिवेशनको बैठक सुरू हुनुअघि बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा हुँदै आएको विरोध प्रदर्शन जारी राख्नुपर्ने बताएका थिए ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसद अवरोधलाई निरन्तरता दिने निर्णय भएको जानकारी दिए ।