• आइतबार, असोज ४ २०८३

अन्तरआत्माको आवाज सुनेर भोट दिनुहोस्ः कोइराला


मंगलबार, मंसिर २८ २०७८
570
Shares

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको निर्वाचन लड्ने निधो गरेका डाक्टर शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरूलाई विवेकको निर्णय लिएर भोट दिन अनुरोध गरेका छन्।

उनले मंगलबार दिउँसो हात्तीसारस्थित होटल अरन्यमा पत्रकार सम्मेलन गरी आफू दोस्रो चरणको चुनावमा लड्न गइरहेकाले विवेकको निर्णय लिन मतदातालाई आग्रह गरे।‘आफ्नो अन्तरआत्माको आवाज सुनेर विवेकको निर्णय लिनुहोला,’ कोइलाले पत्रकार सम्मेलनमा भने।

उनले आफू चुनावी मैदानबाट बाहिरिन लागेको हल्ला सत्य नभएकाले अन्तिम पटक लड्ने निधो सुनाए।सभापतिमा शेरबहादुर देउवा र कोइरालाले पहिलो चरणमा ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुँदैछ।

सभापतिका उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई सहयोग गर्ने भइसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार