• आइतबार, असोज ४ २०८३

शेर बहादुर देउवालाई सिंह-निधी र गुरूङको साथ, एक्लिए कोइराला


मंगलबार, मंसिर २८ २०७८
750
Shares

नेपाली कांग्रेसमा सभापतिका लागि सबैभन्दा धेरै भोट ल्याएका शेरबहादुर देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरूङले साथ दिएका छन् ।

यससँगै सभापतिमा देउवालाई टक्कर दिएका डा. शेखर कोइराला दोस्रो चरणको निर्वाचनमा एक्लै पर्ने भएका छन्।

२२५८ मत ल्याएका देउवालाई ३७१ मत ल्याएका प्रकाशमान सिंह, २४९ मत ल्याएका विमलेन्द्र निधि र केबल २० मत ल्याएका कल्याण गुरुङले दोस्रो चरणको निर्वाचनमा साथ दिने घोषणा गरेका हुन्। 

यससँगै दोस्रो चरणको निर्वाचनमा देउवा हावी हुने पक्का भएको छ। अब देउवाको पक्षमा २८ सयभन्दा धेरै भोट भएको छ। 

यसअघि देउवासँगै विद्रोह गरेका विमलेन्द्र अन्तिमा उनैसँग मिलेका छन्। उता संस्थापन इतरसँग विद्रोह गरेका प्रकाशमान पनि देउवासँगै पुगेका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार