• आइतबार, असोज ४ २०८३

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान आज दिउँसो साढे ३ बजेदेखि गर्ने तयारी


मंगलबार, मंसिर २८ २०७८
670
Shares

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति चयन गर्न आज फेरि चुनाव हुने भएको छ।

सोमबार भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाएपछि आज फेरि मतदान हुन लागेको हो।केन्द्रीय निर्वाचन समितिका एक सदस्यका अनुसार आज अपरान्ह ३:३० बजेबाट दोस्रो चरणको मतदान गर्ने तयारी भएरहेको छ।

आजको मतदानमा पनि हिजोजस्तै ३ मतदान स्थलमा मतदानको व्यवस्था गरिने छ।दोस्रो चरणमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला भिड्दै छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार