• आइतबार, असोज ४ २०८३

निधिको समर्थन पनि देउवालाई नै


मंगलबार, मंसिर २८ २०७८
665
Shares

नेपाली कांग्रेसको सभापति पदका लागि पुनः निर्वाचन गर्नुपर्ने भएपछि पहिलो चरणको चुनावका एक प्रत्याशी विमलेन्द्र निधिले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई नै सहयोग गर्ने भएका छन्।

सोमबार भएको पहिलो चुनावमा चरणको चुनावमा प्रथम स्थान हासिल गरे पनि ५१ प्रतिशत मत नपुगेर विजयी हुन नसकेपछि देउवा दोस्रो चरणका लागि सहयोग माग्दै हिँड्ने क्रममा मंगलबार बिहान निधिको निवास पुगेका हुन्।

त्यस क्रममा निधिले देउवालाई नै सहयोग गर्ने बताएको निधिको सचिवालयले जानकारी दिएको हो। यसअघि पहिलो चरणका अर्का प्रत्याशी प्रकाशमान सिंहले पनि आफ्नो समूहको सहयोग देउवालाई हुने बताइसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार