• आइतबार, असोज ४ २०८३

आज पूर्वमन्त्री हृदयश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्दै


मंगलबार, मंसिर २८ २०७८
580
Shares

पूर्वमन्त्री हृदयश त्रिपाठीले आज नयाँ दल घोषणा गर्दै छन्। दिउँसो राजधानी काठमाडौंमा एक समारोह आयोजना गरेर त्रिपाठीले आफ्नो नेतृत्वमा नयाँ दल घोषणा गर्न लागेका हुन्।पछिल्लो समय स्वतन्त्र नागरिक समूह बनाएर सक्रिय रहेका त्रिपाठी एमालेसँग मिलेर चुनाव चिन्ह सूर्यबाट निर्वाचन जितेका सांसदसमेत हुन्।

त्रिपाठीले घोषण गर्न लागेको पार्टीको नाम जनता प्रगतिशील पार्टी (जप्रपा) नेपाल राखिएको स्रोतले जनाएको छ

दुई दिनअघि नै त्रिपाठीले पार्टीको नाम, झण्डा, लोगो र दस्तावेज तयार भइसकेको जनाएका थिए। २०७४ सालको प्रतिनिधि सभा चुनावअघि त्रिपाठी तत्कालीन राष्ट्रिय जनता पार्टी-राजपा मा क्रियाशील थिए। एमालेको चुनावचिन्हबाट चुनाव लड्नुअघि उनले राजपासँग सम्बन्ध विच्छेद गरेका थिए।

पछिल्लो समय त्रिपाठी केपी ओली नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार