• आइतबार, असोज ४ २०८३

सिंह र कोइराला बीच वार्ता


मंगलबार, मंसिर २८ २०७८
1.3K
Shares

नेपाली काँग्रेसका नेता शेखर कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।

देउवा पक्षका नेता बालकृष्ण खाँणले सिंहलाई भेटेर फर्केलगत्तै डा. शेखर कोइरालाले प्रकाशमान सिंहलाई निवासमै गएर भेटेका हुन् ।भेटका क्रममा डा. कोइरालाले अब दोस्रो चरणको चुनावमा आफूलाई सघाउन सिंहसँग आग्रह गरेका थिए । जवाफमा सिंहले आफ्नो टिमका नेताहरूसँग छलफल गरेर सामूहिक रूपमा निर्णयमा पुग्ने जवाफ दिएका थिए ।

यसअघि सिंहले बालकृष्ण खाँणलाई पनि यही जवाफ दिएर पठाएका थिए । खाँणले दोस्रो चरणमा देउवालाई सघाउन सिंहसँग आग्रह गरेका थिए । प्रकाशमान सिंहले पहिलो चरणको चुनावमा ३७१ मतका साथ तेस्रो स्थान हासिल गरेका छन् ।

उनको टिममा सुजाता कोइराला, विश्वप्रकाश शर्मा लगायतका नेताहरू छन् । टिममा छलफल गरेर देउवा र कोइरालामध्ये कसलाई सघाउने भन्ने निर्णयमा पुग्ने सिंहले दुवै तर्फका नेताहरूलाई जवाफ दिएको सिंहका सहयोगी युपी लामिछानेले रातोपाटीलाई बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार