• शुक्रबार, साउन १५ २०८३

मा‌‌‌ओवादी केन्द्रकाे गण्डकी प्रदेश समितीमा ४० जना भन्दा बढी गोरखाका


मंगलबार, मंसिर २८ २०७८
695
Shares

गोरखा । नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेश अधिवेशन सम्पन्न भएको छ । दुईदिनदेखि जारी अधिवेशन साेमबार विहान सम्पन्न भएको हो ।

अधिवेशनले गायत्री गुरुङको अध्यक्षतामा २ सय २९ सदस्यीय कमिटी गठन गरेको छ । जसमा गोरखाबाट मात्रै ४० जना भन्दा बढी समितीमा चयन भएका छन् ।

गोरखाबाट नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेशकाे समितीमा चयन हुनेहरुमा भीमसेन थापा गाउँपालिकाबाट दीपक श्रेष्ठ, प्रेमचन्द्र श्रेष्ठ, लोकप्रसाद बन्जरा छन् । त्यस्तै धार्चे गाउँपालिकाबाट छमबहादु गुरुङ, लक्ष्मण गुरुङ र चुमनुब्री गाउँपालिकाबाट निमा लामा प्रदेश सदस्यमा चयन भएका छन् ।

यसैगरी बारपाक सुलिकोट गाउँपालिकाबाट सनमाया गुरुङ, भगवती तिवारी, सुभद्रा खडका, धामी बराम, पालुङटार नगरपालिकाबाट भुवन सुनार, पम्फा बसेल, बन्दना पाण्डे, सुदीप नगरकोटी, धुव्र सिलवाल, कमला विक सदस्यमा चयन भएका छन् ।

त्यस्तै गोरखा नगरपालिकाबाट लेखबहादुर थापा मगर, धना गुरुङ, डिलबहादुर सेन्चुरी, राजकुमार कोइराला, शोभा थापा लामिछाने, ध्रुवकुमार भट्ट, कन्चन कुमाल, छमाया थापामगर चयन भएका छन् ।

शहीदलखन गाउँपालिकाबाट कृष्ण चेपाङ, रमेशकुमार श्रेष्ठ, अजिरकोटबाट दीपक देवकोटा, मुक्तिबहादुर विक, अनिता भुजेल चयन भएका छन् ।

गण्डकी गाउँपालिकाबाट दीपक तिमिल्सना, अकुर तिमिल्सिना, जीवन गुरुङ, राजकुमार सुनार, भगवती चेपाङ गण्डकी प्रदेश सदस्यमा चयन भएका छन् ।

सिरानचोक गाउँपालिकाबाट पूर्णकुमारी कँडेल, बासुदेव पोखरेल चयन भएका छन् भने आरुघाट गाउँपालिकाबाट ऋषिप्रसाद खनाल, जगन्नाथ खनाल, श्यामकुमार श्रेष्ठ, दिवश खड्का चयन भएको माओवादी केन्द्र गोरखाले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार