कांग्रेसको सभापतिका लागि भएको निर्वाचन अन्तर्गत जारी मतगणनामा वर्तमान सभापति शेरबहादुर देउवाले संस्थापन इतरपक्षका उम्मेदवार शेखर कोइरालासँगको अग्रता बढाउँदै गएका छन् ।
राष्ट्रियसभा गृहमा भइरहको मतगणनाको पछिल्लो विवरण अनुसार देउवाकाे अग्रता कायम छ । अहिले बिहान साढे ७ बजेसम्मकाे नतिजा अनुसार २६७७ मतगणना सम्पन्न भएको छ । जसमा शेरबहादुर देउवाले -१२६५ मत, शेखर कोइरालाले -९८०, प्रकाशमान सिंहले- २०७, विमलेन्द्र निधीले -१९५ / कल्याण गुरुङले- १२ मत प्राप्त गरेका छन् ।
पछिल्लो यो विवरण हेर्दा आधाभन्दा धेरै मतगणना सकिएको छ । जसमा कोइरालाभन्दा देउवा २८५ मतले अगाडी छन् । अबको केहिबेरमा अन्तिम परिणाम सार्वजनिक हुनेछ । सभापतिको गणतना सकिएपछि मात्रै अन्य पदाधिकारी र सदस्यहरुको गणना सुरु हुनेछ ।
नेतृत्व चयनका लागि कांग्रेसका कुल ४७४३ मतदाता रहेकोमा ४६७९ मत मात्रै खसेको थियो । ६४ जना प्रतिनिधिले भोट हालेनन् ।