• आइतबार, असोज ४ २०८३

सभापति देउवाले नै जित्नुहुन्छः नारायण खड्का


सोमबार, मंसिर २७ २०७८
815
Shares

नेपाली कांग्रेसका नेता नारायण खड्काले पार्टीको जारी १४औँ महाधिवेशनमा प्रधानमन्त्री समेत रहेका सभापति देउवाले जित्ने बताएका छन्। जारी मतदानमा मत दिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले देउवाले जित्ने ठोकुवा गरेका हुन्।

आगामी निर्वाचनमा कांग्रेस पार्टीलाई जिताउनुपर्छ भन्ने नेतृत्व छान्न हामी लागिरहेका छौँ। तर, यस अभियानमा आफैँ हारेका मानिसहरु प्रतिस्पर्धामा छन्’, उनले भने, ‘यो कुरा उहाँहरुले बुझ्नुपर्ने हो। अहिले सभापतिमा देउवा जित्नु हुन्छ भन्नेमा विश्वस्त छु।’

पार्टीलाई एकताबद्ध बनाउनका लागि आफूलगायतका वरिष्ठ साथीहरु ‘ब्याक’ भएको पनि उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार