• शुक्रबार, साउन १५ २०८३

पहिलो चरणमै सभापति जित्ने शेखर कोइरालाको दाबी


सोमबार, मंसिर २७ २०७८
855
Shares

नेपाली कांग्रेसमा सभापतिका प्रत्यासी डा। शेखर कोइरालाले पहिलो चरणमै आफू विजयी हुने बताएका छन्। भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पहिलो चरणमै आफूले जित निकाल्ने बताएका हुन्।

‘मैले मास्क लगाए हिँड्दा पनि महाधिवेशन प्रतिनिधिले चिन्नु भएको छ, माया गर्नु भएको छु, उनले भने, ‘ मलाई विश्वास छ, म पहिलो चरणमै जित्न सक्छु।’

उनले महाधिवेशन व्यवस्थापनमा कमजोरी भएकोमा माफी मागेका छन्। उनले आफ्नै नेतृत्वमा कांग्रेसको नेतृत्व आउने पनि बताए ‘ यदि होइन, मेरै नेतृत्वमा कांग्रेस आउँदैछ। पार्टीलाई गतिशील र गतिशील बनाउन चाहन्छौँ। हामी विधिसम्म हिँड्ने बनाउँछौँ ’, उनले भने, ‘पार्टीलाई हामी उत्तरदायी बनाउँछौँ, नेतृत्वलाई हामी जवाफदेही बनाउँछौँ। पारदर्शी निर्णय गरेर जान्छौँ।’

उन सभापति शेरबहादुर देउवाले चुनाव जित्न सत्ताको दुरुपयोग गरेको पनि आरोप लगाएका छन्।

‘त्यो त राम्रै हो, सत्ताको दुरुपयोग हुनु उनीहरुको कमजोरी हो, त्यसले मेरो विजय निश्चित गरेको छु, उनले भने, ‘सत्ता पक्षले मतदानस्थलमा भोट मागेका छन् भने म पनि गएर माग्छु, म पनि गएर बस्छु।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार