• आइतबार, असोज ४ २०८३

जनमत पार्टीको कार्यकारिणी समितिको बैठक जारी


सोमबार, मंसिर २७ २०७८
785
Shares

सिके राउत नेतृत्वको जनमत पार्टीको बस्न लागेको केन्द्रीय समितिका लागि एजेण्डा तय गर्न आज कार्यकारिणी समितिको बैठक बसिरहेको छ।

जनकपुरमा चलिरहेको कार्यकारिणी समितिको बैठकमा भोलि बस्ने केन्द्रीय समितिमा छलफल हुने विषय तय गर्ने, तीन महिनासम्म चलेको आन्दोलन तथा विभिन्न नगर समिति बैठकको समेत समीक्षा गरिने सो पार्टीका महासचिव चन्दन सिंहले बताए जनमत पार्टीका अध्यक्ष सिके राउतले पश्चिम मधेसको तीन जिल्लाका विभिन्न पालिकाबाट माटो सङ्कलन गरेका छन् ।

माटो सङ्कलन अभियानको प्रभाव र उपलब्धिको विषयमा समेत छलफल सो बैठकमा हुने बताइएको छ । बाँकी रहेका १७ वटा जिल्लामा पनि मोटो सङ्कलन गर्ने कार्यक्रम रहेको छ । ती जिल्लामा कहिलेबाट सङ्कलनको काम सुरु गर्ने विषयमा पनि छलफल हुने उनले बताए । जनमत पार्टीको केन्द्रीय समितिको बैठक भोलि धनुषाको ढल्केबरमा बस्न लागेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार