• आइतबार, असोज ४ २०८३

शेखरलाई सघाउँछु, यो टिम सशक्त र गतिशील युवाको टिम हो : युवराज न्यौपाने


आइतबार, मंसिर २६ २०७८
875
Shares

नेपाली कांग्रेसको सभापति पदबाट उम्मेदवारी फिर्ता लिएपछि युवा नेता युवराज न्यौपानेले सभापतिका अर्का प्रत्यासी शेखर कोइरालालाई सघाउने घोषणा गरेका छन्।

कांग्रेस निर्वाचन समितिको राष्ट्रियसभा गृहस्थित कार्यालयमा उम्मेदवारी फिर्ता लिएपछि न्यौपानेले यस्तो बताएका हुन्।

अब म शेखर कोइरालाको टिमलाई सघाउँछुु, उनले भने, ‘त्यो टिम सशक्त र गतिशील युवाको टिम छ। नेतृत्व परिवर्तन मेरो चाहना हो। त्यो टिमलाई सघाएर नेतृत्व परिवर्तनका लागि उभिन्छु ।’

कांग्रेसको जारी १४ औँ महाधिवेशनमा उनले युवाहरुको प्रतिनिधित्व गर्दै सभापतिमा लड्ने बताएका थिए। गोरखाबाट महाधिवेशन प्रतिनिधि चयन भएका उनी कांग्रेसमा इतर समूहका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार