• आइतबार, असोज ४ २०८३

कांग्रेसको नयाँ नेतृत्वमा रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना केन्द्रीय सदस्यमा निर्विरोध


आइतबार, मंसिर २६ २०७८
640
Shares

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि शनिबार उम्म्मेदवारी दर्ता गरेका कतिपयले आज आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिन सुरु गरेका छन्।

कांग्रेसको केन्द्रीय निर्वाचिन समितिका अनुसार यस क्रममा प्रदेश २ बाट खुलातर्फ दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।

प्रदेश २ बाट ३ जनाको उम्मेदवारी परेकामा जंगीलाल यादवले फिर्ता लिएपछि २ जना निर्विरोध भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।

प्रदेश २ बाट रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना केन्द्रीय सदस्यमा निर्विरोध भएका हुन्। उनीहरु प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार