• शनिबार, साउन १६ २०८३

सभापति उम्मेदवार बनेका गोरखाका न्याैपानेसहित ५७ जनाको उम्मेदवारी फिर्ता


आइतबार, मंसिर २६ २०७८
770
Shares

नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा एक सभापति र एक महामन्त्रीसहित ५७ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। 

उम्मेदवारी फिर्ता लिनेमा सभापतिका उम्मेदवार गोरखाका युवराज न्यौपाने र सहमहामन्त्रीका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरी रहेका छन्। चौधरी देउवा समूहका नेता हुन्। 

देउवाले तेस्रो धारका उमाकान्त चौधरीलाई सहमहामन्त्रीको टिकट दिएपछि उनले विद्रोह गरेर उम्मेदवारी दर्ता गरेका थिए ।

मिडिया सेन्टर संयोजक डा सुरेश आचार्य नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति सदस्यका लागि मनोनयन दर्ता गराएका ५५ जना केन्द्रीय सदस्यले पनि उम्मेदवारी फिर्ता लिएका बताएका छन्। 

केन्द्रीय सदस्यमा उम्मेदवारी फिर्ता लिनेमा आदिवासी जनजातितर्फका तिलक प्रसाद सुब्बा र खुल्लाका राजेन्द्र बहादुर गोर्खाली पनि छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार