
नेपाली कांग्रेसको महाधिवेशनस्थल भृकुटीमण्डपमा सोमबार फरक दृश्य देखिएको छ।
तीन दिनदेखि जारी चौधौं महाधिवेशनमा क्रममा अन्य नेताहरु गुट बनाएर भोट माग्न ब्यस्त हुँदा एकजना नेताले फरक अभियान चलाएका छन्।
उनले महाधिवेशनस्थलमा दर्जन बढी स्वयमसेवी खटाएर सफाइ अभियान चलाउँदै भोट मागिरहेका छन्।
स्वयमसेवीहरुले राजेन्द्र बजगाइँ लेखिएको पोसाकसहित महाधिवेशनस्थल भृकुटीमण्डप क्षेत्रको फोहोर टिपिरहेका छन्। बजगाईं गोरखाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भएका हुन्।
उनले ुविकासका लागि राजनीतिु नारासहित केन्द्रीय सदस्यका लागि महाधिवेशनमा होमिएका छन्।
गोरखा मसेलका बजगाईं राजनीतिसँगै पर्यटन क्षेत्र सक्रिय छन्। बजगाईं यसअघि पनि कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य थिए।
बजगाईं २०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनमा पनि केन्द्रीय समिति सदस्य पदमा उठेर हारेका थिए ।

