
नेकपा(एकीकृत समाजवादी)का नेता गंगालाल तुलाधरलाई कोरोना संक्रमण भएको छ ।
विगत चार दिनदेखि कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि शनिबार गरेको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।
रिपोर्ट पोजेटिभ आएपछि शनिबार नै नेता तुलाधरलाई शसस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । तुलाधर सो पार्टीको केन्द्रीय सचिवालय सदस्य हुन् ।