• आइतबार, असोज ४ २०८३

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै,स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने


आइतबार, मंसिर २६ २०७८
950
Shares

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। दिउँसो भक्तपुरको गठ्ठाघरमा बस्ने बैठकले एमालेको स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने एक नेताले जानकारी दिए।

१० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीबाट स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने उद्देश्यले एमालेको केन्द्रीय कमिटी बैठक शनिबारदेखि सुरु भएको हो।

हिजोको बैठकमा १५ मध्ये ९ वटा एजेन्डामा मात्रै छलफल भएको छ। आज बाँकी एजेण्डामाथि छलफल हुनेछ।

एमालेमा १९ जना पदाधिकारी, स्थायी समितिका पूर्वसदस्य, नवौँ महाधिवेशनपछि पोलिटब्युरोमा रहेका १७ नेता तथा नवौँअघि नै पोलिटब्युरो सदस्य रहे पनि बीचमा छुटेका नेतामध्येबाट ४५ सदस्यीय स्थायी समिति बनाउने गरी अध्यक्ष केपी ओलीले गृहकार्य गरेका छन्।

गृहकार्यबारे ओलीले शनिबार बसेको सचिवालय बैठकमा जानकारी गराएका थिए । त्यस्तै, कम्तीमा एक कार्यकाल निर्वाचित केन्द्रीय कमिटीको पूर्ण सदस्य रहेकामध्येबाट ९९ सदस्यीय पोलिटब्युरो गठन गर्ने एमालेको तयारी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार