• शुक्रबार, साउन १५ २०८३

माओवादी केन्द्रको गण्डकी प्रदेश अध्यक्षमा घिमिरे र कोइराला बिच प्रतिस्पर्धा


आइतबार, मंसिर २६ २०७८
945
Shares

पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीको अध्यक्षमा घिमिरे रकोइराला प्रतिस्पर्धा देखिएको छन् । पोखरामा शनिबारदेखि सुरु भएको प्रदेश सम्मेलन आइतबार नयाँ नेतृत्व चयन गरेर सकिँदैछ ।

सम्मेलनमा प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधिको सहभागिता छ । आइतबार बन्द सत्रपछि प्रदेशमा नयाँ नेतृत्व चयन गरेर सम्मेलन टुंगिने जनाइएको छ ।प्रदेश अध्यक्ष पदका लागि स्याङ्जाका शैलेन्द्र घिमिरे र कास्कीका दिपक कोइराला ‘रुपक’ दाबेदार देखिएका छन् । हालका अध्यक्ष हरि अधिकारी ‘कुमार’ अध्यक्षमा पुनः नदोहोरिने भएका छन् ।

माओवादी केन्द्रको विधान अनुसार केन्द्रीय कमिटी सदस्यहरु जिल्ला वा प्रदेश समितिमा नरहने व्यवस्था छ । गण्डकी प्रदेश कमिटीका अध्यक्ष कुमारले आफू पुनः दोहोरिन नचाहेको बताए । उनले भने, ‘म पुनः दोहोरिने सम्भावना कम छ, विधानले दोहोरिन नपाउने भन्ने हैन ।

तर, अहिले छलफल चलिरहेको छ । आजै सरसल्लाह गरेर नयाँ नेतृत्व चयन गर्छौं ।’गण्डकी प्रदेश कमिटी अध्यक्षका आकांक्षी घिमिरे स्याङ्जा जिल्ला इन्चार्ज हुन् । अर्का आकांक्षी कोइराला पोखरा महानगरको अध्यक्ष हुन् । अधिवेशनले अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्ष १ जनासहित २२९ सदस्यीय प्रदेश समिति निर्वाचित गर्नेछ ।

त्यसमध्ये कम्तीमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १९ प्रतिशत दलित, मुस्लिम तथा सीमान्तकृतहरुको प्रतिनिधित्व रहने छ । अधिवेशनमा प्रदेशका विभिन्न तहबाट निर्वाचित भएका ८ सय ४६ जना प्रतिनिधि सहभागी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार