गोरखा । गोरखाको आरुघाट गाउँपालिका आरुपोखरीका प्रेम खत्रीले नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
लामो समय देखि गोरखामा राजनीति सँगै समाजसेवामा सक्रिय खत्रीले कांग्रेसमा युवा पुस्ताको नेतृत्व आवश्यक रहेको महशुस गर्दै आफुले उम्मेदवारी दिएको बताए । ‘उनले शिक्षा स्वास्थ्य र स्वरोजगार, मेरो राजनीतिको मुल आधार’ भन्ने नारा दिएर उम्मेदवारी घोषणा गरेक छन् ।
‘मैले केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराएको छु’ ३८ वर्षिय खत्रीले भने ‘कांग्रेसको संगठन बिकास र देश बिकासका लागि आज युवा नेतृत्वको आवश्यकता महशुस भएको छ ।’ कांग्रेस भित्र युवाहरुको उत्साह र जोसलाई शक्तिमा बदल्न, पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित गर्न आफु लागि पर्ने उनले बताए । खत्रीले कोभिडका बेला गोरखामा ६ वटा एम्बुलेन्स निशुल्क बितरण, औषधी उपचारमा स्थानीय तह, सामाजिक संघ संस्थालाई करोडौँ सहयोग गरेका थिए ।
त्यस अघि पनि गोरखाको आरुघाट गाउँपालिका मान्बुमा ६ करोड लागतमा होस्टल निर्माण गरेका थिए । अहिले आरुघाट गाउँपालिकामा बिपन्न २० घर परिवारलाई नयाँ घर बनाईदिएका छन् । जनताको समस्या सँग नजिक रहेर निस्वार्थ काम गर्दा आफु संवद्ध राजनीतिक दललाई पनि निर्वाचनमा पहिलो बनाउन सकिने उनले बताए । ‘तर स्वार्थ नराखी सेवा गर्नुपर्छ, जनताको मन जित्नुपर्छ’ उनले भने । खत्री गोरखा क्षेत्र नम्बर १ को गाउँगाउँमा आफैँ पुगेर सामाजिक काममा सक्रिय हुने गर्छन ।
राजनीति सँगै पर्यटन ब्यवशायमा सक्रिय खत्रीले गोरखाका करिब १२ हजार विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट (विद्यालय पोशाक) होमवर्क डायरी, न्यानो लुगा लगायत सामग्री केही समय अघि बितरण गरेका थिए । यस अघि पनि कांग्रेस महाधिवेशन प्रतिनिधि रहेका खत्री गोरखा क्षेत्र नम्बर १ बाट अहिले पनि खुल्ला १० मा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
आफु गुट उपगुट भन्दा पनि सबै नेतृत्वलाई सम्मान गर्ने र सहकार्य गरेर अघि बढ्न चाहेको बताउँदै उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताए । ‘मलाई सबैको साथ सहयोग र माया छ’ उनले भने । उनी शेरबहादुर देउबा र प्रकाशनमान सिंह टिम सँग नजिक छन् ।